चार सयले घट्यो सुनको मूल्य, चाँदीमा १० रुपैयाँ गिरावट

चार सयले घट्यो सुनको मूल्य, चाँदीमा १० रुपैयाँ गिरावट

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्दा चाँदी १० रुपैयाँ गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ पुग्दा चाँदी तोलाको १ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८१० रुपैयाँ पुगेको थियो।

जेठ ३२, २०८१ शुक्रबार १०:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।