चितवनमा कारसँग ठोकिँदा त्रिशुली किनारमा खस्यो बस, २० जना घाइते

चितवनमा कारसँग ठोकिँदा त्रिशुली किनारमा खस्यो बस, २० जना घाइते

काठमाडौं : चितवनमा कार र बस ठोक्किँदा २० जना घाइते भएका छन्।

शुक्रबार विहान साढे सात बजे इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा नेपालगन्जबाट काठमाडौं आउँदै काठमाडौं आउँदै गरेको यात्रुवाहक बस र विपरीत दिशाबाट जाँदै गरेको कार एकापसमा ठोकिएको हो।

भे १ ख ४०६२ नम्बरको बस  र बा प्र ०१  ०२९ च ३७२० नम्बरको कार ठोकिएर भएको दुर्घटनामा बसमा सबार १५ र कारमा सवार ५ जना घाइते भएका हुन्।

दुर्घटनामा बस सडकबाट करिब २५ फिट तल त्रिशुली नदी किनारमा खसेको छ। दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट मेडिकल टिम सहित खटिएको ३५ जनाको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको थियो।

घाइते मध्ये १२ जनालाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। एक जनाको अवस्था गम्भीर छ। बाँकी सामान्य घाइते उपचारपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

जेठ ३२, २०८१ शुक्रबार १०:०६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।