मधेश : जसपा नेपाललाई पेलेर अघि बढे मुख्यमन्त्री सिंह

काठमाडौं : मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ।
गत मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरेकी थिइन्। जनमत नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रममा २७ पृष्ठमा दुई सय २५ बुँदे नीति उल्लेख छ।
नेपाली कांग्रेसका सांसद विरेन्द्र कुमार सिंहद्वारा ९ बुँदे शंसोधन र लोसपाकी सांसद रानी कुमारी शर्माद्वारा दुई बुँदे शंसोधन प्रस्ताव दर्ता गराएकी थिइन्। तर, मुख्यमन्त्री सतिश कुमार सिंहले चुरे तथा खाने पानी र कृषिलाई आधुनिकिकरणको रुपमा विकास गर्दै जलवायु परिवर्तन रोक्नका लागि थप लाग्ने प्रतिवद्धता जनाएपछि सांसदद्वयले दर्ता गराएको शंसोधन प्रस्ताव फिर्ता लिएका थिए।
छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले ‘गौरवको योजनालाई प्राथमिकता दिन्छु। नीति तथा कार्यक्रममै सबै समेटेको भए। बजेटमा के इन्ट्रेस्टिङ रहन्थ्यो। बजेटका लागि पनि केही इन्ट्रेस्टिङ आउँछ।’
सर्वसहमतिले पारित भनिएको नीति तथा कार्यक्रममा भने जसपा नेपालको अनुपस्थिति रहेको थियो। पार्टीको महाधिवेशन चलिरहेको हुँदा जसपा नेपालले यो कार्यक्रम केही दिन पछाडि सार्न आग्रह गरेको थियो। तर, मुख्यमन्त्री सिंहले त्यस आग्रहलाई अस्विकार गरे।
त्यसपछि जसपा नेपालले नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बैठक बहिष्कार गरेको थियो। तर, मुख्यमन्त्रीले त्यसका बाबजुद पनि नीति तथा कार्यक्रम पारित गराए।
जेठ ३१, २०८१ बिहीबार २१:१६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।