प्रधानमन्त्री मोदीसँगै तेस्रो पटक राष्ट्रिय सुरक्षा सल्लाहकारमा दोहोरिए डोभाल

प्रधानमन्त्री मोदीसँगै तेस्रो पटक राष्ट्रिय सुरक्षा सल्लाहकारमा दोहोरिए डोभाल

काठमाडौँ : भारतको प्रधानमन्त्रीमा तेस्रो पटक नरेन्द्र मोदी तेहरिएसँगै उनको समूहमा रहेर काम गरेकाहरूले पनि भटाभट नियुक्ति पाउन थालेका छन्। मोदीको तेस्रो कार्यकाल भारतीय जनता पार्टीको एकल बहुमत हैन गठबन्धन हो।

तर उनले अर्थ, परराष्ट्रमन्त्री मात्र हैन राष्ट्रिय सुरक्षा सल्लाहकार समेत आफ्नै कार्यकालका तेहेराएका छन्। मोदीले तेस्रो पटक क्याबिनेट मन्त्रीको हैसियतमा बिहीबार अजित डोभाललाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरे।

२०२४ जुन १० बाट उनी भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार भएका हुन्। उनको कार्यकाल प्रधानमन्त्री मोदीको कार्यकाल रहेसम्म वा अर्को आदेश जारी नभएसम्म कायम रहन्छ।

डोभाल २०१४ मे ३० बाट निरन्तर भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका छन्। उनी दोस्रो पटक सन् २०१९ मा सोही पदमा नियुक्त भएका थिए। उनको कार्यकालमा दोक्लम विवाद, लगायतका सर्जिकल स्ट्राइकहरुमा डोभालले नेतृत्व गरेको मानिन्छ।

जेठ ३१, २०८१ बिहीबार २०:४५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।