मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा सासुको मृत्यु, बुहारी घाइते

मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा सासुको मृत्यु, बुहारी घाइते

काठमाडौं :  मोरङमा लुगा धुनेक्रममा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय रेवतीदेवी सरवरिया रहेको प्रहरीले जनाएको छ। 

जहदा गाउँपालिका-१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा रेवतीदेवीको मृत्यु भएको हो।

त्यस क्रममा २५ वर्षीया चन्द्रिका सरवरिया भने घाइते छन्। घाइते चन्द्रिका रेवतीदेवीको बुहारी हुन्। 

करेन्ट लागेर गम्भीर घाइते भएकी रेवतीदेवीको उपचारका लागि विराटनगरको मकालु अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ पुर्याए लगत्तै अस्पतालले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। 

चन्द्रिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

जेठ ३१, २०८१ बिहीबार १९:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।