सिरहा प्रहरी कार्यालयको शौचालयमा मृत भेटिइन् प्रहरी जवान

सिरहा प्रहरी कार्यालयको शौचालयमा मृत भेटिइन् प्रहरी जवान


काठमाडौं : जिल्ला प्रहरी कार्यालय सिरहामा महिला प्रहरी जवान मृत भेटिएकी छन्।

महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

बाँकेको खजुरा गाउँपालिका-४ की बासिन्दा उनी मुद्दा शाखामा कार्यरत थिइन्।

सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको सिराहा प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

जेठ ३१, २०८१ बिहीबार १९:२५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।