पूजालाई फिल्म चलाउनकै सकस, भन्छिन्- ‘रोएरै दान्भी चल्छ भने रुन तयार’

पूजालाई फिल्म चलाउनकै सकस, भन्छिन्- ‘रोएरै दान्भी चल्छ भने रुन तयार’

काठमाडौं : आफ्नो फिल्मको प्रचारप्रसार कसरी गर्नुपर्छ भन्ने कुरा पूजा शर्मालाई राम्ररी थाहा छ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ लगायत केहि फिल्मलाई उनले रोयरै चलाइन्। उनलाई त्यतिबेलामा केहि फिल्ममेकरहरूले रुन्चे अभिनेत्रीको ट्यागसमेत भिराएका थिए।

पूजा शर्माले रोएरै फिल्म चलाउँछिन् भन्ने चर्चा बुधबारको फिल्म ‘दान्भी’को पत्रकार सम्मेलनमा समेत भयो। फिल्मबारे जानकारी दिन बुधबार ललितपुरमा केही सञ्चारकर्मी भेला पारेकी थिइन्।

त्यहिँ उनलाई केही सञ्चारकर्मीले पूजालाई सोधेका थिए, ‘तपाईं रोएरै फिल्म चलाउनुहुन्छ रे नि!, यस्तो कहिलेसम्म?’

‘म सधैँ रोइरहने हैन नि त! म रोएर दान्भी चल्छ भने रुन पनि तयार छु। हिरोहरूलाई पनि रोउ भन्छु। रुँदैनन्,’ जवाफमा पूजाले भनिन्, ‘मैले जति पनि प्रमोसनका इन्टरभ्यु हेरेको छु। सबैजनाले आफ्नो इमोशनल कुराहरूले नै फिल्म बिकाइरहनुभएको छ।’

प्रेमिल फिल्ममा अभिनय गर्दै आएकी पूजालाई आफू अभिनित पहिलो एक्सन फिल्म चलाउन सकसै देखिन्छ। फिल्ममा उनले किरण श्रेष्ठ र कुन्साङ बोम्जनसँग स्क्रिन सेयर गरेकी छन्। किरणको यो दोस्रो फिल्म हो भने कुन्साङको डेब्यु।

रुपेश तामाङले निर्देशन गरेको फिल्मसँग भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ भिड्दैछ। 

जेठ ३१, २०८१ बिहीबार १४:४६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।