विद्यालयले भाडामा दिएका सटर बन्द नगराउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

विद्यालयले भाडामा दिएका सटर बन्द नगराउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं : उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई सामुदायिक विद्यालयले भाडामा दिएका सटर बन्द नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

तुलसीप्रसाद अगस्तीको रिटमा उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार असार ७ गतेसम्म विद्यालयले भाडामा दिएका सटर बन्द नगराउन आदेश दिएको हो।

अन्तरिम आदेशका लागि इजलासले असार ७ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्य जानकारी दिए।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएपछि महानगरले २७ वटा सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा ताला लगाइसकेको महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए।

जेठ ३१, २०८१ बिहीबार १२:४०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।