सगरमाथा र खुम्बु क्षेत्र उच्च स्थानको डम्पिङ साइड भए : सोबिता गौतम

सगरमाथा र खुम्बु क्षेत्र उच्च स्थानको डम्पिङ साइड भए : सोबिता गौतम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सोबिता गौतमले सगरमाथा र खुम्बु क्षेत्र उच्च स्थानको डम्पिङ साइडमा परिणत भएको बताएकी छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा गौतमले सबैको साझा सम्पत्ति र कतिपय समुदायका लागि भगवानको बासस्थानको रुपमा समेत रहेको खुम्बु र सगरमाथा क्षेत्रमा हजारौं टन फोहोर जम्मा भएको बताएकी छन्।

वर्षेनी भित्रिने करिब ६० हजार पर्यटकले हिमालतिर जाँदा लगाएको जुत्ता, कपडा, खानेकुरा, डोरी, मलमुत्र लगायत त्यहाँ थाँती रहेका शवहरुले गर्दा खुम्बु क्षेत्र निकै नै ठूलो डम्पिङ साइड बनेको उनको भनाइ छ।

बेसक्याम्पमा पग्लिएको हिउँ र पानीको ल्याब परीक्षण गर्दा मानव जीवनका लागि घातक माइक्रोप्लास्टिक पाइएको भन्दै उनले हिमाली क्षेत्रमा भएको फोहोर हटाउनका लागि तत्काल पहल गर्नुपर्नेमा जोड दिइन्।

जेठ ३१, २०८१ बिहीबार ११:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।