कुवेतको आगलागीमा तीन नेपाली घाइते, ४९ को मृत्यु

कुवेतको आगलागीमा तीन नेपाली घाइते, ४९ को मृत्यु

काठमाडौँ : कुवेतको एक भवनमा भएको आगलागीमा तीन जना नेपाली घाइते भएका छन्। आगो लागेको भवनमा पाँच जना नेपाली रहेकोमा दुई जना सुरक्षित रहेको र तीन जना घाइते भएको बिबिसीले जानकारी दिएको छ। घाइतेको परिचय सार्वजनिक भएको छैन।

आगलागीमा परेर ४९ जनाको ज्यान गइसकेको छ। आगलागीमा मृत्यु हुने अधिकांशमा भारतीय नागरिकहरू छन्। आगो लागेको भवनमा भारतीय नागरिकहरू बस्ने गरेका थिए।

सो भवनमा एक सय ९७ जना बस्ने गरेकोमा ६७ जना मात्र खतराबाट मुक्त रहेको बताइएको छ। बुधवार बिहान स्थानीय समय अनुसार ६ बजे भवनमा आगो लागेको थियो। भवनमा रहेको भान्छाबाट आगो सुरु भएको शङ्का गरिएको छ।

जेठ ३०, २०८१ बुधबार २१:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।