१४ वर्षीया बालिकालाई गोठमा लगेर बलात्कार, गर्भ रहेको उजुरीपछि २५ वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिकालाई गोठमा लगेर बलात्कार, गर्भ रहेको उजुरीपछि २५ वर्षीय पुरुष पक्राउ

काठमाडौं : १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा भोजपुरबाट एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगर रहेको प्रहरीले जनाएको छ। 

उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबर्जस्ती करणी गरेको र गर्भसमेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरसमेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनमाथि पाँच दिनको म्याद थपेर थप आवश्यक अनुसन्धान भइरहेको बताएको छ। 

जेठ ३०, २०८१ बुधबार १७:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।