बजेट कटौती भएको महिलामन्त्रीको गुनासो, मन्त्रीले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको सांसद केसीको आरोप

बजेट कटौती भएको महिलामन्त्रीको गुनासो, मन्त्रीले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको सांसद केसीको आरोप

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको बताएकी छन्।

नवलपुरको देवचुली नगरपालिका १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकनपछि किशोरी र बालबालिकाहरूसँग अन्तरसंवाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। 

‘बालबालिकाहरूको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ’, उनले भनिन्, ‘त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौँ। तर, मन्त्रालय बजेटको सीमितताका कारण आशातीत काम गर्न सकेका छैनौँ।’

मन्त्री चौधरीले छोरीहरूलाई आत्मनिर्भर बनाउनका निम्ति जीवन उपयोगी शिक्षासँगै सीप पनि सिकाउनुपर्ने बताइन्। 

‘हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौँ। त्यो विशेष गरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउनका निम्ति ल्याइएको कार्यक्रम हो’, मन्त्री चौधरीले भनिन्, ‘स्थानीय तहको सबै पालिकामार्फत सञ्चालन हुने गरी ल्याइएको उक्त कार्यक्रम केही ठाउँबाट पाइलटका रूपमा सञ्चालन हुनेछ। किनभने हामीले योजना बनाएअनुसार बजेटको व्यवस्था हुन सकेन।’

मन्त्री चौधरीले विगत केही समययता आफ्नो मन्त्रालयमा कम बजेट भएको भन्दै गुनासो गरिरहँदा कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले भने महिलामन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट खन्याएको बताएका छन्। 

बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले महिला मन्त्रालयको पाएको १ अर्ब ६० करोडको बजेटमा  सबै सुनसरी मात्रै देखिएको बताए।  

जेठ ३०, २०८१ बुधबार १५:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।