गिरीबन्धु प्रकरणमा कम्पनीको सात बुँदे प्रष्टीकरण, सबै दलको सहमतिमा बगान सार्न लागिएको दाबी

गिरीबन्धु प्रकरणमा कम्पनीको सात बुँदे प्रष्टीकरण, सबै दलको सहमतिमा बगान सार्न लागिएको दाबी

काठमाडौं : झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिले पछिल्ला प्रकरणको विषयमा ७ बुँदे प्रष्टीकरण जारी गरेको छ।

बुधबार पत्रकार सम्मेलन गरेर गिरीबन्धु टी स्टेटले स्थानीय जनताको दबाबपछि सबै दलको सहमतिमा बगान सार्न लागिएको दाबी गरेको छ।

गिरीबन्धु टी स्टेटले पत्रकार सम्मेलनमार्फत् भनेको छ, ‘बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने भएको, चियाका बुट्टाहरू काटी दाउराको रूपमा लैजाने गरेको, आत्महत्याको प्रकरण हुने गरेकोजस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको हो।’

यी अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जन दबाब आएको समेत बताएको छ।

‘स्थानीय जनतासँग राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टापट्टाको लागी निवेदन गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ।

गिरीबन्धु टी स्टेटले विभिन्न अफवाह, भ्रम र राजनीतिक खिचातानीको विषय नबनाइदिन पनि अनुरोध गरेको छ।

जेठ ३०, २०८१ बुधबार १३:२७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।