युरोकप फुटबलमा सामसङ टिभी खरिद गर्दा विशेष अफर

युरोकप फुटबलमा सामसङ टिभी खरिद गर्दा विशेष अफर

काठमाडौं : टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्षदेखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। जुन १५ बाट युरोकप सुरु हुँदैछ।

फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशसम्मको छुट प्रदान गर्न लागेको हो। कम्पनीले अफरमा राखिएका ठूलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्नेछन्।

यसका साथै अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ। क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ।

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज इएमआईमा सामसङका नयाँ टिभीहरू खरिद गर्न सक्नेछन्। यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी इएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ।

ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई अर्कोस्टोर डटकम मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ। निःशुल्क इन्सटलेसन सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी दिनेछ।

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक बिक्रेताबाट असार ३१ गतेसम्म लिन सकिनेछ।

जेठ ३०, २०८१ बुधबार १२:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।