१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय युवक पक्राउ

भोजपुर : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका-९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

विशाललाई ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जेठ ३०, २०८१ बुधबार १२:२४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।