मोदीसँगको भेटमा प्रधानमन्त्रीले छोरीलाई राखेकोमा कांग्रेसको आपत्ति, संसदमा जवाफ दिन माग

मोदीसँगको भेटमा प्रधानमन्त्रीले छोरीलाई राखेकोमा कांग्रेसको आपत्ति, संसदमा जवाफ दिन माग

काठमाडौं : कांग्रेस सांसद् रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार त्यसतर्फ गएका थिए।

सोमबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गरेका थिए।

खतिवडाले भारतीय प्रधानमन्त्रीसँग भेट्दा प्रोटोकलबाहिरको मान्छे बसेको भन्दै त्यसको समेत आलोचना गरेका छन्।

उनले भने, ‘प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेट्दा एउटा नौलो मान्छे, प्रोटोकल बाहिरको मान्छे राखेर बस्नुभएको देखियो। यसको बारेमा पनि प्रधानमन्त्रीको जवाफ चाहन्छौं।’

खतिवडाले निजामति कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको विदेशी नागरिकता र आवासीय अनुमतिको विषय बाहिरिएको भन्दै त्यस्ता व्यक्तिहरूको बारेमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरे।

जेठ ३०, २०८१ बुधबार १२:०२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।