भारतीय सेनाको नयाँ सेना प्रमुख बन्दै उपेन्द्र द्विवेदी

भारतीय सेनाको नयाँ सेना प्रमुख बन्दै उपेन्द्र द्विवेदी

एजेन्सी : लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख बन्ने भएका छन्। त्यहाँको सरकारले जनरल मनोज पाण्डेको ठाउँमा उनी नियुक्त हुने जनाएको हो।

लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमाना काम गरेको अनुभव छ। उनी हाल उपप्रधानसेनापति पदमा कार्यरत छन्।

जनरल पाण्डेले ३० जुनमा अवकाश लिँदैछन्। वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो।

गत महिना सरकारले जनरल मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो। मे ३१ मा अवकाश लिँदै गरेका उनको कार्यकाल सकिनुभन्दा छ दिनअघि मात्र थपिएको थियो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले असार ३० गतेदेखि लागू हुने गरी भारतीय सेनाको उपप्रमुखमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेन प्रमुख नियुक्त गरेको छ।’

जेठ ३०, २०८१ बुधबार १०:२६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।