टस समेत नभई नेपाल र श्रीलंकाबीचको खेल रद्द

टस समेत नभई नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं : टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल टस समेत नभई रद्द भएको छ।

भारी वर्षाका कारण खेल रद्द भएसँगै दुवै टिमले एक-एक अंक बाँडेका छन्। विहानैदेखिको वर्षा बेलुकी केही समय रोकिए पनि मैदानमा पानी जमेका कारण खेल हुन सकेन।

योसँगै नेपालले पहिलो अंक बटुलेको छ भने लगातार २ हार बेहोरर तेस्रो खेलमा एक अंक बाँड्न बाध्य भएको श्रीलंका समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ।

नेपालको २ खेलमा १ अंक भएको छ। ३ खेलमा १ अंक जोडेको श्रीलंकाको अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना हुनेछ।

समूह डीबाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ। बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा समान २ अंक छ।

नेपालले अब वेस्टइण्डिजमा शुक्रबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशको सामना गर्नेछ।

जेठ ३०, २०८१ बुधबार ०७:११:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।