कनीकुथी अंग्रेजी बोलेर मात्र स्मार्ट भइन्छ र निर्देशकज्यू ?

कनीकुथी अंग्रेजी बोलेर मात्र स्मार्ट भइन्छ र निर्देशकज्यू ?

काठमाडौं : नेपाली समाजमा अंग्रेजी बोल्नु भनेको बौद्धिक हुनु जस्तो भाष्य स्थापित हुँदै गइरहेको छ। त्यसबाट कलाकार पनि अछुतो भने छैनन्।

अरूले अंग्रेजी बुझे पनि नबुझे पनि आफूले अंग्रेजी बोलेपछि सबैले बुझ्छन् भन्ने लाग्दो रहेछ, क्या र! कनीकुथी अंग्रेजीमै मकै पट्के झैँ पड्किन्छन्। 

सोमबार यस्तै भयो वेब सिरिज कार्यक्रममा। प्रियंका कार्की’ अभिनित वेब सिरिज ‘साहु बा’को टिजरको सार्वजनिक कार्यक्रम राखिएको थियो छायाँ सेन्टरको फिल्म हलमा। अभिनेत्री प्रियंका कार्की आउने भएपछि पत्रकारदेखि युटुबरसम्म पुगेका थिए।

उक्त कार्यक्रममा वेब सिरिजको बारेमा पत्रकार सम्मेलन गरिएको थियो। सोही क्रममा टिजर र ट्रेलर समेत हलमा देखाइयो। एपिवान टेलिभिजनबाट छिट्टै प्रसारण हुने भनिएको यो सिरिज नेपाली भाषाको हो। तर यसका लेखक तथा निर्देशकले भने आफ्नो सिरिज हेरिदिन अधिकांश समय अंग्रेजीमा बोले।

नेपाली दर्शकका लागि निर्माण गरिएको यो वेब सिरिजका बारेमा यसका लेखक तथा निर्देशक सुजय योङले अधिकांश अंग्रेजीमै बोलेरै सके।

उनले अंग्रेजी बोल्दा अधिकांशले बुझे जस्तो लागेन। नबुझेरै होला प्रियंका कार्की र कविता नेपालीले बोल्दा उनीहरुको दृश्य कैद गरेको देखिन्थ्यो भने निर्देशक र उद्घोषले बोल्दा क्यामेराको बटम अफ देखिन्थ्यो। सायद भिडियो खिच्ने पत्रकारहरूले पनि नबुझेरै वास्ता नगरेका होलान्। 

अंग्रेजी नबोल्नु भनेको होइन तर माहोल त हेर्नुपर्यो नि निर्देशकज्यू। फेरि तपाईं आफ्नो विद्वताले बन्ने होला नि, कि अंग्रेजी बोलेर मात्र विद्वान हुने होर?

जेठ २९, २०८१ मंगलबार १९:४५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।