‘दयारानी’ पछि ‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

‘दयारानी’ पछि ‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

काठमाडौं : फिल्म ‘दयारानी’बाट निर्देशनमा हात हालेका माओत्से गुरुङ दोस्रो फिल्मको तयारीमा जुटेका छन्। उनले दोस्रो फिल्म ‘पेनसनपट्टा’ निर्देशन गर्ने भएका हुन्।

गत वर्षको माघमा प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले सफल निर्देशकको रुपमा उभ्याएपछि उनले दोस्रो फिल्मको तयारीमा जुटेको बताए। 

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने यस फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन्। यस फिल्ममा फिल्म ‘दयारानी’कै कलाकार दोहोरिन्छन् या नयाँ खोजिन्छन् भन्ने प्रश्नमा निर्माण पक्षले जानकारी दिएको छैन। माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरडिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने बताए। 

उनका अनुसार यो फिल्मको छायांकन असोज आसपासमा हुने छ। 

चरित्र अभिनेताको रुपमा माओत्से फिल्ममेकरको पहिलो रोजाइमा पर्दै आएका छन्। ‘कबड्डी’ यसको श्रृंखला, ‘मिस्टर झोले’, ‘डिग्री माइला’, ‘पुरानो डुङ्गा’,‘साइँली’ लगायत फिल्ममा उनको अभिनय रुचाइएको थियो। दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका माओत्सेले केही आफ्नै गुरुङ भाषाका फिल्म निर्देशन गरेका थिए। 

नेपाली फिल्ममा भने उनको ‘पेन्सनपट्टा’ दोस्रो निर्देशकीय फिल्म बन्ने छ। उनी कलाकार, निर्माता हुँदै पछिल्लो समय निर्देशकमा पनि जमेका छन्। 

जेठ २९, २०८१ मंगलबार १७:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।