फिल्म ‘ह्रस्व दीर्घ’ मा नीता हनुमान कि रावण

फिल्म ‘ह्रस्व दीर्घ’ मा नीता हनुमान कि रावण

काठमाडौँ : दक्षिण भारतीय कलाकारसहित निर्माण भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’ को नयाँ क्यारेक्टर पोस्टरमा निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगाना सात टाउके अवतारमा देखिएकी छिन्।

हातमा गधा बोकेकी सात टाउके नीताको क्यारेक्टर न रावण जस्तो न हनुमान जस्तो देखिएको छ। पोस्टरमा नीतासँगै दक्षिण भारतका चर्चित कलाकार ब्रमानन्दम, नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको टाउको जोडिएको छ।

फिल्मको निर्देशन चन्द्र पन्तले गरिरहेका छन्। फिल्ममा हरिहर अधिकारी, बिपना थापा, सञ्चिता लुइँटेल, गरिमा शर्मा लगायतका कलाकारले समेत अभिनय गरेका छन्।

फिल्म हरिहर अधिकारीको कथामा बनिरहेको हो। फिल्म नीता ढुंगानाले नै निर्माण गरेकी हुन्। नेपाली र दक्षिण भारतका विभिन्न प्रान्तका भाषामा तयार पारिने फिल्म असोजको ३ मा रिलिज गर्ने मिति तोकिएको छ।

जेठ २९, २०८१ मंगलबार १५:५६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।