आफ्ना कम्पनीहरूमा एप्पलका उत्पादन प्रतिबन्ध लगाउने एलन मस्कको चेतावनी

आफ्ना कम्पनीहरूमा एप्पलका उत्पादन प्रतिबन्ध लगाउने एलन मस्कको चेतावनी

एजेन्सी : टेस्लाका सीईओ एलन मस्कले आफ्ना कम्पनी परिसरमा एप्पलका उत्पादनहरूमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

एप्पल र ओपन एआईबीचको साझेदारीमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

एप्पल र ओपन एआईबीचको साझेदारी सुरक्षा नियमहरूको उल्लङ्घन भएको भन्दै उनले यसलाई सहन नसकिने बताएका छन्।

एप्पलका सीईओ टिम कुकले सोमबार ओपन एआईसँग साझेदारीको घोषणा गरेका थिए।

‘एप्पल इन्टेलिजेन्स सुरु हुँदैछ। यो एआईको संसारमा एक ठूलो कोसेढुङ्गा हो। पूर्णतया व्यक्तिगत यो एआईले तपाईंले हरेक दिन प्रयोग गर्ने एपहरूको प्रयोगलाई अझ सहज बनाउनेछ’, उनले एक्समा लेखेका छन्।

एप्पल इन्टेलिजेन्स आईओएस १८ र आईप्याड ओएस १८ मा उपलब्ध हुनेछ।

जेठ २९, २०८१ मंगलबार १४:०८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।