सीएफ मोटो बाइक केयर क्याम्प

सीएफ मोटो बाइक केयर क्याम्प

काठमाडौं : सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले कालोपुलस्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा जेठ २९ गतेदेखि असार ७ गतेसम्म सात दिने सीफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गरेको छ।

नयाँ आधिकारिक बितरक रिलायन्स ग्रुपअन्र्तगतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो। ‘बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवा’ नाराका साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्तालाई सर्भिर र स्पेयर पार्ट्स्को सेवा निरन्तर दिइरहने जनाएको छ।

क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, कामदार शुल्कमा ५० प्रतिशत छुट, इन्जिन आयलमा ५ प्रतिशत र बाइक वासमा शतप्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

यसका साथै हरेक दिन लक्की ड्रमार्फत सात जनाले सात दिनमा १ वर्षको लागि सीएफमोटोको स्पेयर पार्ट्समा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ। गोला प्रथामार्फत ७ दिनमा आफ्ना बाइक सर्भिसिङ्ग गराउन आउने ग्राहकमध्ये एक जनाले फ्रि बाइक कोटिङ्ग गराउन सक्नेछन्।

सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोविखोलामा अवस्थित छ, जहाँबाट ग्राहकहरूले सीएफमोटो लगायत जीहोको पनि सर्भिस तथा पार्ट्सको सुविधा पाउन सक्नेछन्।

जेठ २९, २०८१ मंगलबार ११:३१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।