लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस

लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस

काठमाडौं : लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट ५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ। उक्त पहलमार्फत बैंकले यो वर्षको विश्व वातावरण दिवसको ‘आवर ल्यान्ड, आवर फ्युचर : वी आर जेनेरेसन रिस्टोरेसन’ भन्ने नारालाई आत्मसात् गर्दै देशभर पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखेको जनाएको छ। 

जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखा कार्यालयमार्फत स्थानीय समुदाय तथा संस्थासँगको सहकार्यमा करिब ६ हजार बिरुवा रोपेको छ। यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानमा गरिएको थियो।

प्रोजेक्ट ५के सँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभाककडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यो प्रतिवेदनले नवीकरणीय ऊर्जा-विशेष गरी जलविद्युत्मा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्छ। 

यो क्षेत्रमा गरिएको लगानीमार्फत बैंकले कुल २५ हजार १३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको बताइएको छ। 

जेठ २८, २०८१ सोमबार २०:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।