प्राइम कमर्सियल बैंकको थप दुई एक्स्टेन्सन काउन्टर बिस्तार

प्राइम कमर्सियल बैंकको थप दुई एक्स्टेन्सन काउन्टर बिस्तार

काठमाडौँ : प्राइम कमर्सियल बैंक लिमिटेडले दुई नयाँ एक्स्टेन्सन काउन्टरको शुभारम्भ गरेको छ। 

बैंकले गत बिहीबार गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरूकाे उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्स्टेन्सन काउन्टरको समुद्घाटन गरे। 

यसैगरी, बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ३, भद्रवासमा पनि एक्स्टेन्सन काउन्टरको शुभारम्भ गरेको छ। उक्त एक्स्टेन्सन काउन्टरको समुद्घाटन वडा नम्बर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा भएको हो। 
 
सो समारोहमा बैँकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरूलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। 

बैंकको शाखा संख्या १८९ र एक्स्टेन्सन काउन्टर संख्या ५ पुगेको छ। 

जेठ २८, २०८१ सोमबार १९:४७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।