भारतमा भेटघाटमा व्यस्त प्रधानमन्त्री प्रचण्ड : मोदीपछि राष्ट्रपति र जयशंकरसँग गरे शिष्टाचार भेट

भारतमा भेटघाटमा व्यस्त प्रधानमन्त्री प्रचण्ड : मोदीपछि राष्ट्रपति र जयशंकरसँग गरे शिष्टाचार भेट

काठमाडौँ  : गठबन्धन दलको समर्थनमा भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ समारोहमा भाग लिन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिष्टाचार भेटमा व्यस्त छन्।

उनले पहिला नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए। आइतबार बेलुकाको भेटमा शुभकामना आदानप्रदान र द्विपक्षीय हितमा कुराकानी भएको बताइएको छ।

सोमवार प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मबीच भेट भयो। राष्ट्रपति भवनमा भएको भेट शिष्टाचार भेट थियो। सोमबारै प्रचण्ड र भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट भयो।

जयशंकर प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भेटका लागि आएका थिए।  भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशङ्करलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद दिए। उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराए।

प्रचण्ड आजै स्वदेश फर्कँदै छन्। 

जेठ २८, २०८१ सोमबार १३:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।