राष्ट्रिय सभा बैठक आज बस्दै, जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने

राष्ट्रिय सभा बैठक आज बस्दै, जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने

काठमाडौं : संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

बैठक दिउँसो सवा १ बजे संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन्।

बैठकमा सांसदहरू सोनाम गेल्जेन शेर्पाको प्रस्वावमा जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदन कुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखर कुमार सिंह समर्थक भई सूचना दिएको ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

त्यसैगरी राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची छ।

यस्तै सञ्चारमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलमा लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

जेठ २८, २०८१ सोमबार ०८:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।