रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु, तीन घाइते

रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु, तीन घाइते
सांकेतिक तस्बिर

सुर्खेत : रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको रुकुम पश्चिम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।

आइतबार साँझ खलङ्गाबाट बाँफिकोट जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको जीप दुर्घटनामा परेको थियो।

दुर्घटनामा घाइते भएका उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो। तर, उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन्।

उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। बाँफिकोटमा फाइबर नेट विस्तार गर्न गएका उनीहरू छिनखेतमा बस्दै आएका थिए।

जेठ २८, २०८१ सोमबार ०७:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।