बाजिगर जसप्रित जसले हारिसकेको टिमलाई छ रनको जित दिलाए

बाजिगर जसप्रित जसले हारिसकेको टिमलाई छ रनको जित दिलाए

काठमाडौं : जो हारिसकेको खेल पनि जितमा बदल्न सक्छ, उहीँ बाजिगरका रूपमा चर्चित हुन्छ भनेझैँ न्युयोर्कमा भारत र पाकिस्तानबीचको टी-२० वर्ल्डकप प्रतियोगिताको बाजिगर भए बलर जसप्रित बुमराह।

भारतीय ब्याटरको ब्याट नचल्दा पूरा २० ओभर पनि खेल्न नसकी ११९ मै पाकिस्तानसँग सरेन्डर गरिसकेको टिमलाई कसिलो र धारिलो बलिङको आधारमा छ रनको जित दिलाए उनले।

अन्य बलरको पनि भुमिका नभएको हैन। तर पाकिस्तानको सात विकेट लिँदा उनले चार ओभरमा जम्मा १३ रन मात्र खर्चिएर महत्वपूर्ण विकेट पनि लिए, रनरेट पनि घटाए। 

बलर अर्शदिप सिंह पनि उत्तिकै जितको हकदार छन्।  अर्शदिपले खेलको अन्तिम ओभरमा बलिङ गरेर ६ बलमा १८ रन बनाउने प्रेसरमा रहेको पाकिस्तानलाई सफल हुन दिएनन्।

बाँकी खेल कौशल तस्बिरमा : 

जेठ २८, २०८१ सोमबार ०२:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।