भारतले एक ओभरमा ८ रन बनाए लगत्तै पानी पर्‍यो, खेल नभए बाँडिने छ एक-एक अङ्क

भारतले एक ओभरमा ८ रन बनाए लगत्तै पानी पर्‍यो, खेल नभए बाँडिने छ एक-एक अङ्क

काठमाडौँ : टी-२० वर्ल्ड कपको बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। पानी पर्ने र रोकिनेक्रमकाबीच पाकिस्तानले टस जितेर बलिङ रोजेको थियो।

ब्याटिङका लागि मैदान उत्रिएको भारतीय टिमले एक ओभरमा आठ रन जोड्यो। लगत्तै पुन पानी पर्न थालेपछि खेल रोकियो।

पानीका कारण खेल हुन नसकेमा दुवै टिमले एक-एक अङ्क पाउनेछ। भारतले आयरल्यान्डसँगको आफ्नो पहिलो खेल जितिसकेको छ। तर पाकिस्तान सुपर ओभरमा गएर अमेरिकासँग पराजित भएको थियो।

जेठ २७, २०८१ आइतबार २१:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।