गठबन्धन दलको तर्फबाट प्रधानमन्त्री नियुक्त मोदीले लिए प्रधानमन्त्रीको शपथ, ७२ मन्त्री नियुक्त

गठबन्धन दलको तर्फबाट प्रधानमन्त्री नियुक्त मोदीले लिए प्रधानमन्त्रीको शपथ, ७२ मन्त्री नियुक्त

काठमाडौँ : एकल बहुमत नआए पनि गठबन्धन दलको समर्थनमा भारतीय प्रधानमन्त्री नियुक्त नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिए।

मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाइन्।

शपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री छन्। विभागहरू पछि घोषणा गरिने बताइएको छ।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरू भारत पुगेका छन्। राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली टोली समेत सहभागी छन्।

जेठ २७, २०८१ आइतबार २१:१०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।