नेप्से ४.५९ अंकले घट्दा कारोबार ५ अर्ब नाघ्यो
काठमाडौं : साताको पहिलो दिन सेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ। आइतबार नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ।
यस दिन २.९२ प्रतिशतले बढेको होटल तथा पर्यटन उप-समूहले परिसूचक थामेको छ। जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेको छ। व्यापार उप-समूहमा १.५४ प्रतिशतको गिरावट छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उप-समूह घटेका छन्।
९७ कम्पनीको सेयर मूल्य बढ्दा इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी साना जलविद्युतको सेयर बढेर सर्किट लागेको छ। भगवती हाइड्रोपावर र सामलिङ पावरको सेयरमा पनि सर्किट स्तरको बढोत्तरी छ।
एनआरएन इन्फ्रास्ट्रचरको सर्वाधिक ३२ करोड ३ लाखको सेयर कारोबार भएको छ। यस्तै, सीइडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
१४७ कम्पनीको सेयर मूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयरमूल्य घटेका छन्।
जेठ २७, २०८१ आइतबार १५:५३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।