कर्णालीको झोलुंगे पुलमा अड्किएका खच्चरलाई नदीमा खसालेर उद्वार गरियो, दुईको मृत्यु

कर्णालीको झोलुंगे पुलमा अड्किएका खच्चरलाई नदीमा खसालेर उद्वार गरियो, दुईको मृत्यु

काठमाडौं : अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा अड्किएका १० वटा खच्चरहरूको सकुशल उद्धार गरिएको छ। १३ मध्ये १० वटा खच्चरलाई सकुशल उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी सुनील दाहालले जानकारी दिए।

उद्वारका क्रममा २ वटा खच्चडको मृत्यु भएको छ। त्यहाँ फसेका मध्ये एउटा खच्चडको उद्वारकार्य भइरहेको डीएसपी दाहालले बताए। 

पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर ती खच्चरलाई कर्णाली नदीमा खसालेर उद्वार थालिएको थियो। पुलबाट खसालिएका खच्चरलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो।

पुलको जालीमा अड्किएको खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटेका छन्।

आइतबार अछामबाट दैलेखको खिड्की जीउला बजार सामान ल्याउन आउँदै गरेका खच्चरहरू लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा फसेका थिए। झोलुङ्गे पुलको एकातर्फको फलामे लट्ठा चुँडिँदा ती खच्चरहरू दुई घण्टादेखि पुलमै अड्किएका हुन्। 

त्यस क्रममा दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ।  

जेठ २७, २०८१ आइतबार १४:५३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।