छोरी गंगासहित भारत उडे प्रधानमन्त्री प्रचण्ड

छोरी गंगासहित भारत उडे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि नयाँदिल्लीका लागि उडेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन्।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन्। 

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्डसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड भोलि नै स्वदेश फिर्ता हुने तालिका छ।  

जेठ २७, २०८१ आइतबार १३:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।