कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ खच्चर अड्किए
काठमाडौं : अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा १३ वटा खच्चरहरू फसेका छन्।
आइतबार अछामबाट दैलेखको खिड्की जीउला बजार सामान ल्याउन आउँदै गरेका खच्चरहरू लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा फसेका हुन्। झोलुङ्गे पुलको एकातर्फको फलामे लट्ठा चुँडिँदा ती खच्चरहरू दुई घण्टादेखि पुलमै अड्किएका छन्।
इलाका प्रहरी कार्यालय राकमबाट घटनास्थलमा खटिएका सहायक हबल्दार दीपक कठायतका अनुसार पुलका तीन वटा लट्ठा चुटेको छ। दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ।
उनका अनुसार १३ मध्ये नजिकै भएको एउटा खच्चरको उद्धार भएको छ भने अहिले १२ वटा खच्चर अड्किएको छन्।
उद्धारका लागि राकमबाट ७ जना प्रहरी टोली, जिल्लाबाट प्रहरी, सशस्त्रको टोली आइरहेको छ भने अछामबाट पनि आइरहेको बताइएको छ।
जेठ २७, २०८१ आइतबार १२:३३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।