विश्वकप : युगान्डा १३४ रनले पराजित, वेस्टइन्डिजको लगातार दोस्रो जित

विश्वकप : युगान्डा १३४ रनले पराजित, वेस्टइन्डिजको लगातार दोस्रो जित

काठमाडौं : आईसीसी टी-२० विश्वकप अन्तर्गत वेस्टइन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भय । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो। 

समूह सीमा रहेका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। 

युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए। उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए। हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे।  

यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक÷एक विकेट लिए।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। 

वेस्टइन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन, निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए। यस्तै, आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले। युगान्डाका बसिन मासाबाले २ विकेट लिए। 

दुई पटकको विश्व विजेता वेस्टइन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अंक बनाएको वेस्टइन्डिज दोस्रो स्थानमा छ। शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ। अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ। 

यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्याण्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन्।

जेठ २७, २०८१ आइतबार ११:०६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।