आँबुखैरेनी–मुग्लिन सडक १० देखि ३ सम्म बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडक १० देखि ३ सम्म बन्द हुने

काठमाडौँ : पहिरो नियन्त्रणको कामका लागि पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने भएको छ। आज बिहान १० बजेदेखि १ बजेसम्म  सडक बन्द हुने सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ।

२०७९ जेठ २७ को वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक सडक भासिएको थियो। सो ठाउँको हिल साइडमा चर्किएर बसेको ढुङ्गा झार्नुपर्ने भएकाले यातायात रोकिएको हो।

डिभिजन सडक कार्यालयका अनुसार मर्स्याङदी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको  छ।

जेठ २७, २०८१ आइतबार ०९:५५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।