विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानमध्ये कसले जित्ला ?

विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानमध्ये कसले जित्ला ?

काठमाडौँ : जारी टी–२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दैछन्। समूह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्यान्डविरुद्ध जित निकालेको छ भने, पाकिस्तानले अमेरिकासँग हार ब्यहोरेको छ। यी दुवै टोलीले आफ्नो दोस्रो खेल आज खेल्दै छन्।

टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णीत बनेको थियो।

जेठ २७, २०८१ आइतबार ०९:०२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।