कोशी प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

कोशी प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौँ : नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको  आंशिक  प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान  विभागले जनाएको छ। 

विभागका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

जेठ २७, २०८१ आइतबार ०८:०७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।