नोराफको अध्यक्षमा रमेश कोइराला निर्वाचित

नोराफको अध्यक्षमा रमेश कोइराला निर्वाचित

काठमाडौँ : नेपाल रिकन्डिसन अटो व्यवसायी संघ (नोराफ)को सातौँ र आठौँ तथा दोस्रो वार्षिक अधिवेशनबाट अध्यक्षमा रमेश कोइराला निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कुमार चिमोरियालाई पराजित गर्दै उनी अध्यक्ष भएका हुन्।

नोराफको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रविन लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले निर्वाचित भएका छन्।

साथै, कोषाध्यक्षमा प्रदीप राना मगर, सह कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन्। केन्द्रीय सदस्यहरूमा मनिषराज पाण्डे, अशोक धिताल, रुद्र ढुंगाना, टोक बहादुर पौडेल, नेत्र तिमल्सिना, देवेन्द्र कुमार श्रेष्ठ, मुक्तिनाथ न्यौपाने निर्वाचित भएका हुन्।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ (नोराफ) २०७२ सालमा स्थापित भएको संस्था हो। यस संस्थामा देशभरगरी ३ सय रिकन्डिसन अटो व्यवसायीहरू संलग्न छन्।

जेठ २६, २०८१ शनिबार २२:३५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।