'नेपाल विश्वभरिका हिन्दु र बौद्ध धर्मावलम्बीका लागि विशेष गन्तव्य हो'

'नेपाल विश्वभरिका हिन्दु र बौद्ध धर्मावलम्बीका लागि विशेष गन्तव्य हो'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएका परम्परा र संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन्। 

शनिबार राजधानीमा एमालेको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  विश्वभरिका हिन्दु र बौद्ध धर्मप्रति आस्थावान् पर्यटकका लागि नेपाल विशेष गन्तव्य भएको बताए। 

उनले भने, ‘नेपालमा धार्मिक पर्यटनका प्रचुर सम्भावनाहरू छन्। खासगरी विश्वभरिका हिन्दु र बौद्ध धर्मावलम्बीका लागि अझ विशेष गन्तव्य हो नेपाल। भगवान शिवको विशेष धर्तीका रुपमा रहेका कारण नेपालमा हिन्दु धर्मप्रति आस्था राख्नेहरूका लागि महत्वपूर्ण भूमिका रुपमा नेपाललाई लिइन्छ। अर्को, भगवान गौतम बुद्धको जन्मभूमि पनि यहीँ हो। बुद्धको जन्मथलो मात्र नभइ संसारभर बुद्धिजम प्रभाव समेत गरिरहेको छ। बुद्धिजमको मुहान र स्रोत पनि हो नेपाल।’

सरकारले नेपालमा रहेका हरेक संस्कृति र परम्पराहरूको संरक्षण गर्नुपर्ने ओलीको भनाइ छ। 

उनले नेपालमा पर्यटनको विकास र आर्थिक समृद्धिका लागि इतिहास र धर्म सम्बन्धी खोजमुलक ग्रन्थहरू बजारमा ल्याउनुपर्नेमा  जोड दिए।

जेठ २६, २०८१ शनिबार २१:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।