मुलुक वैदेशिक ऋणको भरमा चलिराखेको छ : मन्त्री शर्मा

मुलुक वैदेशिक ऋणको भरमा चलिराखेको छ : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मुलुक वैदेशिक ऋणको भरमा चलिरहेको बताएकी छन्।

शनिबार काठमाडौंमा आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै उनले राष्ट्र र जनताको हितमा हुने गरी मात्र वैदेशिक सहायता भित्र्याउन उनले सामाजिक संघ–संस्थालाई सचेत पनि गराइन्। सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाइ छ। 

'सरकार वैदेशिक अनुदानमा, वैदेशिक ऋणमा चलिराखेको छ। सरकारको निकाय हो, समाज कल्याण परिषद्। त्यसले विभिन्न खालको आईएनजीओबाट पैसा लिइरहेको छ भने हामीले हाम्रो राष्ट्र र जनताको हितविपरीत हुने गरेर ऋण लिनु हुँदैन,' उनले भनिन्।

मन्त्री शर्माले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी पनि गरिन्। 

उनले सरकारले मुलुकको समृद्धिका निम्ति कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिन्।

जेठ २६, २०८१ शनिबार १९:५८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।