तेस्रो कार्यकालका लागि मोदीले भोलि शपथ ग्रहण गर्दै, नेपालसहित सात देशका प्रमुखलाई निम्तो

तेस्रो कार्यकालका लागि मोदीले भोलि शपथ ग्रहण गर्दै, नेपालसहित सात देशका प्रमुखलाई निम्तो

एजेन्सी : लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिँदैछन्।

शपथ समारोह आइतबार हुनेछ। आइतबार हुने सपथमा नवनियुक्त प्रधानमन्त्री मोदीसहित मन्त्रिपरिषद्का केही सदस्यले सपथ लिने केन्द्र सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सात देशमा सरकार प्रमुखलाई निम्तो दिइएको छ।

विज्ञप्ति अनुसार शपथग्रहण समारोहमा दाहालसहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे रहेका छन्।

यस्तै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मल मुइज्जू रहेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मूले सपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन्।

भारतको ‘छिमेक नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ।

जेठ २६, २०८१ शनिबार ११:५१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।