एपोलो ८ अन्तरिक्ष यात्री बिल एन्डर्सको विमान दुर्घटनामा मृत्यु

एपोलो ८ अन्तरिक्ष यात्री बिल एन्डर्सको विमान दुर्घटनामा मृत्यु

एजेन्सी : एपोलो ८ अन्तरिक्ष यात्री बिल एन्डर्सको ९० वर्षको उमेरमा निधन भएको छ।

एन्डर्स बाह्य अन्तरिक्षको सबैभन्दा प्रसिद्ध फोटो खिच्ने व्यक्तिका रूपमा परिचित थिए।

एन्डर्सको चढेको विमान वासिङ्टनस्थित उत्तरी सिएटलमा उडिरहेको बेला दुर्घटनाग्रस्त भएको थियो।

एन्डर्सका छोरा ग्रेगले आफ्नो बुवा सानो विमानमा सवार रहेको पुष्टि गरे। उनको शव शुक्रबार फेला परेको हो।

परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी गहिरो स्तब्धमा छौं। उहाँ एक महान पाइलट हुनुहुन्थ्यो। उहाँलाई सधैं सम्झिनेछ।’

अमेरिकाको अपोलो मिसनमा लुनार मोड्युल पाइलट एन्डर्सले आफ्नो क्यामेरामा अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा प्रसिद्ध तस्विरहरू कैद गरेका थिए।

यी तस्बिरहरूलाई बाह्य अन्तरिक्षमा खिचिएको सबैभन्दा प्रेरणादायक र यादगार तस्बिर मानिन्छ।

सन् १९६८ मा क्रिसमसको एक दिन अघि सुरु गरिएको एपोलो चन्द्रमामा पुग्ने पहिलो मिसन थियो। एन्डर्सको तस्बिरमा, चन्द्रमा जमिनको सतहबाट क्षितिजभन्दा माथि उठेको देखिन्छ।

एन्डर्सले पछि यो फोटोलाई अन्तरिक्ष कार्यक्रममा आफ्नो सबैभन्दा महत्त्वपूर्ण योगदानको रूपमा वर्णन गरेका थिए।

जेठ २६, २०८१ शनिबार ११:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।