‘सफा हिमाल अभियान २०२४’को लागि युनिलिभरको सहयोग

‘सफा हिमाल अभियान २०२४’को लागि युनिलिभरको सहयोग
फाइल तस्बिर

काठमाडौं : नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा सफा हिमाल अभियान सञ्चालन भएको छ।

चैत २९ गतेदेखि जेठ २३ गतेसम्म भएको अभियानमा संकलन भएको फोहोरलाई रिसाइकल गर्नको लागि युनिलिभर नेपालले आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ।

यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कङ्काल सहित ५ शवको अवशेष सङ्कलन गरिएको छ।

युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा सहयोग गरेको थियो।

नेपाली  सेनाका अनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर सङ्कलन भएको छ भने १२ जना मृतकको शवको अवशेष सङ्कलन भएको छ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, खासगरी हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएका यस्तो अभियानलाई  सरोकारवाला तथा अन्य समर्थकहरूले प्रशंसा गरेका छन्।

जेठ २६, २०८१ शनिबार १०:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।