नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन्।

२४६औं सञ्चालक समितिको बैठकबाट थापा सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन भएका हुन्।

शुक्रबार औपचारिक कार्यक्रमका बीच उनले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरे।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपछि नेपाल क्लियरिङ्ग हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो।

चार्टड एकाउन्टेन्ट रहेका विश्रुत थापाको केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढी काम गरेको अनुभव छ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।

जेठ २६, २०८१ शनिबार १०:२८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।