जाँच एजेन्सीबाट जोगिन भाजपा गएका नेताहरू हारे,दल बदल्नेहरूलाई पनि फापेन यो वर्षको लोकसभा

जाँच एजेन्सीबाट जोगिन भाजपा गएका नेताहरू हारे,दल बदल्नेहरूलाई पनि फापेन यो वर्षको लोकसभा

एजेन्सी: लोकसभा चुनाव २०२४ मा १३ जना उम्मेदवारहरू मैदानमा थिए, जो आफैँ वा उनीहरूका परिवारका सदस्यहरू केन्द्रीय जाँच एजेन्सी (ईडी, सीबीआई, आदि) को निगरानीमा थिए। यी १३ मध्ये नौ जना चुनाव हारे। नौ मध्ये सात जना भारतीय जनता पार्टी वा वा उसको सहयोगी दलहरूका हुन्।

इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार, जाँच एजेन्सीहरूको दायरामा आउने १३ उम्मेदवारहरू मध्ये आठ जना अन्य दलहरूबाट भाजपामा आएका थिए। यसमा सात कांग्रेसबाट र एक तृणमूल कांग्रेसबाट भाजपामा आएका थिए।

यी आठ मध्ये छ जनाले चुनाव हारे। यसबाहेक शिवसेना (यूबीटी) का दुई नेताहरू शिवसेना (शिंदे गुट) मा सहभागी भएका थिए, तीनमध्ये एक जना हारे। यसरी भाजपा वा उसका सहयोगी दलमा जाने जम्मा सात जना नेताहरू चुनाव हारेका छन्।

विपक्षी दलहरूको कुरा गर्दा झारखण्ड विकास पार्टी र पीईपी (पन्जाब एकता पार्टी) का एक-एक नेता जो कांग्रेसमा सामेल भएका थिए, तिनीहरू पनि हारेका छन्।

 भाजपाका करिब एक चौथाइ उम्मेदवार दलबदलू

लोकसभा चुनाव २०२४ मा भाजपाले करिब एक चौथाइ यस्ता नेताहरूलाई मैदानमा उतारेको थियो, जो अन्य दलबाट आएका थिए। भाजपाका कुल ४३५ उम्मेदवारहरू मध्ये १०६ जना दलबदलू थिए। ९० जना त पछिल्लो पाँच वर्षमा भाजपामा सामेल भएका थिए।

यतिमात्र होइन, लोकसभा चुनावको वरिपरि कम्तीमा २५ जना नेताहरू अन्य पार्टीहरूबाट भाजपामा गएर चुनाव लडे। यी २५ मध्ये २० जना चुनाव हारे।

जेठ २५, २०८१ शुक्रबार २२:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।