युवा संघको पदाधिकारीमा तीन जना थपिए, ५४ जनाको बिदाइ

युवा संघको पदाधिकारीमा तीन जना थपिए, ५४ जनाको बिदाइ

काठमाडौँ : एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय पदाधिकारीमा तीन जना नेता थपिएका छन्। हालै सम्पन्न युवा सङ्घ बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दै उमेर ४० कटेका र दोहोरो जिम्मेवारीमा रहेका नेताहरूलाई सङ्गठनबाट बिदा गरेको छ।

युवा सङ्घका प्रवक्ता निरोज पौडेल, महेश चौलागाई र शारदा पछाई केन्द्रीय कमिटी सचिवमा मनोनीत भएका छन्।

जेठ १९ र २० गते बसेका युवा संघको तेस्रो पूर्ण बैठकपछि जारी गरिएको सकुर्लरमा उमेर सकिएका, निष्क्रिय भएका १७ जनालाई बिदाइ गरिएको छ।

युवा सङ्घमा ४० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति बस्न पाइँदैन। ३७ जनालाई बिदाइ गर्दै ती रिक्त स्थानमा युवा सङ्घले नयाँलाई जिम्मेवारी दिएको छ।

युवा सङ्घले तीन जना सचिव सहित कोषाध्यक्षको जिम्मेवारी नयाँलाई तोकेको छ। महासचिव सुमन पुरीले जारी गरेको सर्कुलरमा सचिव निरोज पौडेल, महेश चौलागाई, शारदा पछाई र आर्थिक विभाग प्रमुखलाई  पद परिवर्तन गदै कोषाध्यक्षमा राकेश राईलाई जिम्मेवारी तोकिएको छ। सचिव पौडेललाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ।

यस अघिका  उपाध्यक्ष सीता सुवेदी, उपमहासचिव महेन्द्र गुरुङ, सचिव अनिता कन्दङवालाई बिदाइ गरिएको छ। यस्तै सचिवालय सदस्यमा मदन गिरी, डिल्ली लिङ्देन, मदन भण्डारी कास्की, विनोल राई लक्ष्मी आचार्य र मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। यस्तै १८ जनालाई स्थायी कमिटी सदस्यमा र २० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

अधिवेशन तोकियो

युवा सङ्घले नेपालले प्रदेश, जिल्ला र पालिकाको अधिवेशन तोकिएको छ। असार मसान्तभित्र प्रदेश, भदौभित्र जिल्ला र मंसिर मसान्तभित्र पालिका अधिवेशन मिति तोकिएको सङ्घका प्रवक्ता पौडेलले जानकारी दिए। अधिवेशन सम्पन्न गर्नका लागि सङ्घले कमान्डर समेत तोकेको छ।

कोसीमा प्रकाश गौतम, मधेसमा कृष्णहरि केसी, बागमती अमित लामा, गण्डकीमा महाराज गुरुङ, लुम्बिनी प्रदेशमा खेम शर्मा, कर्णालीमा शारदा पछाई, सुदूरपश्चिम प्रदेशमा रमेश तिवारीलाई तोकिएको छ।

प्रदेश इन्चार्ज समेत जिम्मेवारी हेरफेर

सङ्घले मधेस, बागमती, गण्डकी, कर्णाली र अन्तरजिल्ला विशेष प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। मधेसमा मनिष श्रेष्ठ, बागमतीमा चीन लामा, गण्डकीमा विकास अधिकारी, कर्णालीको सह इन्चार्जमा किरण किशोर सापकोटा र अन्तरजिल्ला विशेष प्रदेशको सह इन्चार्जमा प्रविन अधिकारीलाई जिम्मेवारी दिइएको छ। 

जेठ २५, २०८१ शुक्रबार २२:२३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।