प्यासिफिक एसिया ट्राभल एसोसिएसनको उपाध्यक्षमा सुमन विक्रम पाण्डे
काठमाडौँ : एक्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्ष सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन्।
गत मार्चमा सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवाम का जेराल्ड पेरेज़ले आफ्नो मनोनयन फिर्ता लिएपछि उनी उपाध्यक्षमा निर्विरोध भएका हुन्।
जुन ७ मा भएको पाटाको साधारण सभाबाट उनी सर्वसम्मत उपाध्यक्ष भएको अनुमोदन भएको थियो। सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालका प्रतिनिधि पाटाको यो तहको जिम्मेवारीमा पहिलो पटक पुगेको हो।
पाण्डे यस अघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा थिए। सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भै सं १९९८ देखि बैङ्कका मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रकालागि आपसी पर्यटकीय अनुभव आदान-प्रदान, व्यापार विस्तारको क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरुकासाथ सहयोग तथा सहकार्य गर्दै आएको छ।
सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्य समितिका लागि भएको चुनावमा अध्यक्षमा पिटर सिमोन, सचिव/कोषाध्यक्षमा : एशियन ट्रैलस, सदस्यहरूमा बेन मोनटगोमरी, सञ्जित जैन, मयूर पटेल लगायत चयन भएका छन्।
जेठ २५, २०८१ शुक्रबार २१:४१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।