गृहमन्त्री रविलाई आरजु राणाको निर्देशन : भदौसम्म गाँजा खेती खुला गर्ने नियमावली ल्याउनु

गृहमन्त्री रविलाई आरजु राणाको निर्देशन : भदौसम्म गाँजा खेती खुला गर्ने नियमावली ल्याउनु

काठमाडौँ : कृषि, सहकारी र प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खेती खुला गर्ने नियमावली ल्याउन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएकी छिन्।

शुक्रवार बसेको समितिको बैठकमा सहभागी लामिछानेलाई उनले औषधीय र औद्योगिक प्रयोजनका लागि नियमावलीमार्फत गाँजा खेती खुल्ला गर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएकी हुन्।

बैठकमा गृहमन्त्री लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्न मन्त्रालयले नियमावलीबारे काम गरिरहेको बताउँदै एक महिनाभित्रै नियमावली आउने बताएका थिए।

बैठकमा सहभागी अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्न प्रयोग गरिएको ब्याग नै गाँजाबाट बनेको बताएका थिए।

पुनले गाँजाको उत्पादन गाउँ गाउँमा भइरहेकाले यसलाई खुलाउन डराउनु नपर्ने बताएका थिए। अप्रत्यक्ष रूपमा गाउँ गाउँमा गाँजा खेती हुने सामान्य जस्तो भएको र दाना, रेसा उत्पादन भइरहेको भन्दै उनले अनुसन्धानका लागि गाँजा तत्काल खुला गर्न र अन्य उत्पादनलाई बिस्तारै कानुनी व्यवस्था गर्दै जान सुझाव दिएका थिए।

जेठ २५, २०८१ शुक्रबार १५:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।